• मोरङ । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)को आज भएको नगर अधिबेसनबाट रमेश दाहाल अध्यक्ष घोषित भएका छन । 
    साँझ अबेरसम्म सर्बसहमतिको प्रयास भएपनि नभएपछि अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा मुख्य पाँच पद घोषणा गरेको बुझिएको छ । 
    पाँच पदमा ३० भन्दा बढी आकंक्षीले दाबेदारी नछाडेपछि अध्यक्ष मण्डलले नगर समितिको पदाधिकारी घोषणा गरेको हो । 
    अध्यक्षमा रमेश दाहाल, उपाध्यक्षमा उमानाथ अधिकारी, सचिबमा भीम राई, सहसचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी घोषित भएको अध्यक्ष मण्डलका सदस्य अर्जुन बुढाथोकीले जानकारी दिए । 
    दाहाल, अधिकारी र राई तीनै जना अध्यक्षमा दाबेदारी थियो । सहसचिव भण्डारी अधिबेशनको अधिल्लो दिन सोमबार मात्र जनता समाजवादी पार्टीबाट एमालेमा प्रबेश गरेका थिए । 
    अध्यक्षको लागि बाबुराम लिम्बू, प्रकाश कार्की, ज्ञानेन्द्र अधिकारी लगायतको पनि दाबेदारी थियो ।  
    अधिवेशनको लागि पार्टीको प्रदेश सदस्य रामकुमार बस्नेतको अध्यक्षतामा युवराज बास्कोटा, देबराज भण्डारी, दिलिपकुमार राई र अर्जुनकुमार बुढाथोकी सदस्यरहेको समिति गठन भएको थियो । 
    यो पटक सर्बसहमत नेतृत्व चयनको लागि पार्टी माथिल्लो कमिटिको आन्तरिक निर्देशन भएकोले नेताहरु मिलाउन लागि परेपनि नभएपछि अध्यक्ष मण्डलले नै नेतृत्व घोषणा गरिएको बुझिएको छ । नगरको पदाधिकारी घोषणा गरेपनि आकांक्षीहरुको असन्तुष्टि कायम रहेकोले सफत ग्रहणको मिति भने तत्काल नतोकिएको बुझिएको छ । 
    एमालेको भर्खरै समापन गरेको बिभान सभाले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिव एक एक जनासहित गाँउ, नगरमा ७५ सदस्य रहने ब्यबस्था गरेको छ । विधान बमोजिम हरेक वडाबाट सदस्य आइसकेको समेत अध्यक्ष मण्डलको सदस्य अर्जुन बुढाथोकीले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…