• काठमाडाँै, २८ असोज 

    बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गर्नुभएको छ । 

        महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गर्नुभएको हो । 
        
        वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ । 

        यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, छ, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ । 

        सोही बमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौजना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्नुभएको हो । 

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

रसिलो सिकुटी किन्न, खान कहाँ जाने ? पथरी ढुङ्गामा सेकाएको बंगुरको सेकुवा खान कहाँ जाने ? पथरीको सिरि…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…