• उर्लाबारी  । प्रदेश १ सरकारको प्राथमिकताको आयोजनाको रुपमा रहेको मोरङको उत्तरी क्षेत्र किसानचोक–टाँढी–रमिते बहुवर्षे सडक आयोजनाको ७ किलोमिटर क्षेत्र कालोपत्रे सुरु भएको छ ।

    असोज मसान्तसम्ममा २० किलोमिटर कालोपत्रे गर्ने गरी ५८ करोड लागतमा उक्त सडक निर्माण सुरु गरिएको थियो । तर, कोभिडका कारण सडक निर्माणको काम पछाडि धकेलिएको थियो  ।

    बहुवर्षे कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र १ (क)का सांसद कुलप्रसाद साम्बाको पहलमा निर्माण भएको सडकको ग्राभेलको काम भने सकिएको छ । सडक निर्माणका लागि अहिलेसम्म २६ करोड रकम खर्च भइसकेको पूर्वाधार विकास कार्यालय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताए ।

    पुरीका अनुसार चैत मसान्तसम्म म्याद थप्नुपर्ने देखिएको छ । बजेटको व्यवस्थापन हुन नसक्दा तत्कालका लागि २० किलोमिटर क्षेत्रमै कालोपत्रे गर्ने काम भने असम्भव रहेको बताए । यद्यपि बजेटको व्यवस्था हुनेवित्तिकै कालोपत्रे गर्ने क्षेत्र बढ्ने उनले बताए ।

    कालोपत्रे सुरुवात भएसँगै सोमबार सडक विभागले अनुगमन गरेको छ । अस्फाल प्रविधिबाट गरिएको कालोपत्रे अनुगमनका क्रममा जानकारी दिँदै पुरीले गुणस्तरीय सडक निर्माण भइरहेको बताए । स्थानीयले भने टाँढीमा कालोपत्रे होला भन्ने आफूहरुले नसोचेको बताउँदै आँखै अगाडि कालोपत्रे भएको देख्दा खुसी लागेको बताएका छन् ।

    सो क्षेत्रका सांसद कुलप्रसाद साम्बाले सडक निर्माण समयमै सम्पन्न हुनुपर्ने बताउँदै सडक कालोपत्रे गर्ने आफ्नो सपना पुरा भएकोमा खुसी व्यक्त गरे ।
    www.hamromat.com बाट 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…