• सुक्रबार , साउन २९ , २०७८ । नेकपा एमालेका सचीव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केपी वलीको आलोचना गरेका छन । केपी वलीको कारण नेकपा एमाले देशभर पराजयको बाटोमा गएको उनको दावी छ ।

    गण्डकी संगै लुम्बिनी प्रदेशमा पनि केपी निकतम मुख्यमन्त्री आउट भएपछी गुरुङ केपी वली प्रती निकै रुष्ट बनेका छन । केपी वली संग कम्युनिस्ट चरित्र नभएको कारण चारैतिर एमाले प्रती जनताको बिश्वास गुमेको छ र ओलीकै कारण नेकपा एमाले खरानी बनेको धारणा राखेका छन ।

    गुरुङले भने केपी वली पाटीको बिधान विरुद्ध एकलौटी तरिकाले चल्दा आज नत उनको कुर्सी बच्यो, नत उनका पछि लाग्नेको कुर्सी र इज्जत नै रह्यो । वलीले आफ्नो त सबै बर्बाद बनाए बनाए तर जनताको मन जितेको एमाले देशभर बाट पत्तासाप हुने दिशामा पुर्‍याए ।

    अध्यक्ष वलीकै कारण एमालेले यश अघि ल्याएको बिरासत नै ढल्न लागेको गुरुङले बताए ,
    २०७३ को चुनावमा सबै तहमा पहिलो एमाले अहिले कुन हालतमा छ र यसको प्रमुख कारण केपी वलीको एकलौटी पाराले हो । ओलीको व्यक्तिवादी शैलीको कारण देश र एमालेलाई अपुरणिय क्षति भैसकेको पनि गुरुङले बताए ।

    सात प्रदेश मध्य धेरैमा एमालेका मुख्यमन्त्री थिए तर अहिले दुई वटामा खुम्चेको छ त्यो पनि आज हो कि भोलि कुनै टुङ्गो छैन ।

    माधव नेपाल र ओली विचको विवाद नै यी नैतिक आचरण, पाटी भित्र सामुहिक निर्णय र बिशेश त संबिधानको मर्म र भाव अनुसार नेताहरुका गतिविधि नहुनु नै हो । यसले गर्दा पाटी शुन्यमा आउने  निश्चित भएको छ ।

    एकीकृत नेकपा माओवादी संगको सहकार्य टुटेअछी एमालेको ओरालो यात्रा सुरु भएको यथार्थ सबैले स्वीकार गर्नु पर्ने उनको जिकिर थियो ।

    केपी वलीको अहंकारी स्वभावको कारण पाटी तहसनहस भएको र केपी तिर मात्रै हेरेर माधव नेपाल पाटीमा बस्ने नबस्ने निर्णय गर्नु हुन्न भन्ने उनको धारणा थियो ।

    ओलीको कारण केन्द्र प्रदेश सम्म हार्नु परेको छ भने देशमा एमाले समर्थकहरु धमाधम पाटी प्रवेश गर्दै गैरहेको अवस्था छ । यो वेला केपीको निरंकुश शैली नियन्त्रण गर्नुपर्ने हो तर झन बढीरहेको छ । गुरुङले भने यसरी नत केपी रहन्छन नत पाटी ।

    गुरुङले भने, माओवादी संग मिल्दा त सोचेजस्तो सिट आएको थिएन भने अब त एमालेले जमानत बचाउन गार्‍हो हुनेछ । उनको यो अभिव्यक्तिले माधव समूहसंग निकट रहेको प्रस्ट हुन्छ   ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…