• काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नुभएको छ ।

    प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नामनेपछि उक्त कार्यक्रममा एमसीसीले स्थान नपाएको बताउनुभएको हो ।

    कांग्रेस सभापति समेत रहनुभएका देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । भेलामा पार्टीका उपसभापति विमेन्द्र निधिले सरकारको कार्यक्रममा एमसीसी नसमेटिनुको कारणबारे प्रश्न उठाउनुभएको थियो । सोको जवाफमा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि कार्यक्रममा एमसीसी समेट्न नसकिएको बताउनुभएको हो ।

    यसअघि नै ओली सरकारका पालामा  संसदबाट पारित गराएर एमसीसी कार्यान्वयन गर्न खोज्दा पनि माओवादी केन्द्रको अवरोध एवं असहयोगका कारण एमसीसी अन्यौलमा पर्दै आएको थियो । अध्यक्ष प्रचण्डले भने संशोधनविना यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आउनुभएको छ  ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…