• काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। 

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रचण्डलाई भने, 'सत्ता परिवर्तन हुनेबित्तिकै सत्तापक्षका नेताहरुले भन्नुभयो। होसियार ! म आगो हुँ मसँग नखेल नत्र मलाई थाहा छ। उहाँहरुले देशमा लगाएको डढेलो मलाइ थाहा छ। तर, एकदुई बाल्टीले निभाएको याद गर्नुहोस्। त्यस्तो आगो निभाउन हामीलाई पनि आउँछ। यस्ता आगो निभाउन पानी खन्याउनु पर्छ, पानी।'

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामा बोल्दै प्रचण्डले ओलीलाई आफू आगो भएको र आगोसँग नखेल्न चेतावनी दिएका थिए। 

    अलोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि प्रतिपक्षीलाई म आगो मसँग नखेल भनेर धम्की दिन थालेको ओलीले बताए। पाँच दलीय गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रतिपक्षीलाई गाली गरेर राष्ट्रिय सहमति जस्तो बनाएर सडकमा बाँडेको तर्क गरे। 

    सत्तापक्षकै दम्भको कारणले प्रतिपक्षीसंग संवादहीनताको अवस्था रहेको उनको भनाइ छ। सत्तापक्षले आफूलाई संसद छलेको भनेर पटक पटक प्रश्न उठाउने गरेको भन्दै ओलीले सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम संसद छलेर बाहिर प्रस्तुत गरेको टिप्पणी गरे।  थाहाखाबर बाट 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…