• मोरङ । एमाले अध्यक्ष केपी ओली पक्षधर नेकपा एमालेले सुक्रबार भूमि समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै मोरङको कानेपोखरीमा सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । 
    एमाले ओली पक्षीय समूहले गरेको प्रर्दशनमा 
    सुकुम्बासी मारा सरकार–मुर्दाबाद, भूमिहीन सुकुम्बासी– एक हौं, खारेज गरेको भूमि आयोग– फिर्ता गर, सुकुम्बासीहरुको भूमि –खोस्न पाईदैन, जस्ता नाराहरुको प्लेकार्ड तथा नारासहित रमाइलो बजार परिक्रमा गरेका थिए । नारा जुलुससहित रमाइलो बजार परिक्रमा गरी गाउँपालिका अगाडी आएर कोण सभामा परिणत भएको थियो । 
        कार्यक्रममा एमाले ओली पक्षीय १ नम्बर प्रदेश समिति सदस्य युवराज बास्कोटा, मोरङ जिल्ला सदस्य भोला अधिकारी, सुकुम्बासी नेता राजकुमार लिम्बु, धनबहादुर लिम्बु लगायतले कोण सभालाई सम्बोधन गरेका थिए । 
    सुकुम्बासी नेता तथा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेलले अहिलेसम्म गाउँपालिकामा भएको सुकुम्बासीहरुको कामको बारेमा जानकारी गराएका थिए । एमाले गाउँ कमिटि अध्यक्ष दानबहादुर बस्नेतले पालिकाको सकुम्बासी समस्या बारे बिषय राखेका थिए ।  
        प्रदर्शनकरी एमालेले प्रधानमन्त्रीको शेरबहादुर देउवाको हातमा पुग्ने गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम लिम्बूलाई भेटी ज्ञापन पत्र बुझाएका थिए । पत्र बुझ्ने क्रममा गाउँपालिका अध्यक्ष काफ्लेले तत्काल प्रधानमन्त्रीको कार्यालयमा पुग्ने गरी पत्रचार गर्ने प्रतिवद्धता व्याक्त गरेका थिए ।   
        एमालेको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली पालामा गठन भएको आयोगले १४ महिनाको अवधिमा ७४७ पालिकाहरुसँग सम्झौता गरी दुई लाख ४७ हजार ९६० दलित र सुकुम्बासी गरी नौ लाख २२ हजार ८०१ अव्यवस्थित बसोबासीहरूले विवरण फारम भरेको तथ्याङ्क प्रस्तुत भएको थियो । 


     

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…