• बीबीसी । नेहा पासवानलाई आधुनिक लुगा लगाउन मन पर्थ्यो । उनी भारतको उत्तर प्रदेशस्थित डिवरिया जिल्लकी हुन् । त्यहाँको पिछडिएको बस्तीमध्ये एक हो साभेर्जी गाउँ। त्यही गाउँमा उनी आफ्नो संयुक्त परिवारसँग बस्थिन् । उनी प्रहरी बन्न चाहन्थिन् ।

    एक हप्ता अघि १७ वर्षीया नेहा ब्रत बसिरहेकी थिइन्। एक दिन लामो ब्रतको साँझ उनले जिन्स पाइन्ट र टप लगाइन् र ब्रत समापनको लागि पूजा गर्न थालिन्। तर, जिन्स लगाएकोमा विषयमा नेहाका हजुरबुबाले आपत्ति जनाए। नेहाले विद्रोहीु स्वरमा भनिन् स् जिन्स लगाउन नै बनाइएको हो। म यही लगाउँछु।

    दुईजनाको विवाद बढ्दै जाँदा त्यसले हिं सा निम्त्यायो। हजुरबुबा र काकाहरु मिलेर नेहालाई यती या त ना दिएकी उनले संसार त्यागीन । उनलाई लगातार ला ठी ले प्र हा र गरिएको थियो । जसका कारण उनको निधन भयो । नेहाकी आमा सकुन्तलाका देवरहरुले नेहालाई अस्पताल लग्छु भनेर अटोरिक्सामा राखे । उनीहरुले सकुन्तलालाई अस्पतालमा सँगै आउन दिएनन्। त्यसपछि उनले आफ्ना केही आफन्तलाई घटनाबारे भनिन्। उनीहरु अस्पतालमा पुगे, तर नेहा कत्तै भेटिएनन्।

    भोलिपल्ट बिहानै खबर आयो, गण्डक नदीको पुलमा एक युवतीको शव झु ण्डि एको पाइएको छ। सकुन्तला त्यहाँ पुगिन्। उनले आफ्नै छोरीको शव देखिन्। सकुन्तलाले भन्छिन्, मेरी छोरीले लगाएको कपडाका कारण यो सबै घटना भयो । हजुबुबा र काकाहरुले उसले लगाएको कपडा सहन सकेनन् ।

    प्रहरीले घटना सार्वजनिक भएपछि १० जनाविरुद्ध मु द्दा दर्ता गरेको छ। नेहाका हजुरबुबा, काका काकी, भाइहरु र अटो रिक्सा ड्राइभरविरुद्ध मु द्दा दर्ता गरिएको हो। ४ जनालाई भने पक्राउ गरिएको छ नेहाका हजुरबुबा र हजुरआमा, काका अटो रिक्सा ड्राइभर पक्राउ परेका हुन्। बाँकी भने सम्पर्क विहिन छन् ।

    घटना पछि नेहाका बुबा अमरनाथ पासवान आफुले काम गर्ने ठाउँवाट गाउँ फर्किएका छन्। पंजावको लुधियानाको एक कन्सट्रक्सन साइटु मा श्रमिकका रुपमा काम गर्छन । देवर र देवरानीहरुले यस अघि पनि छोरीलाई परम्परा भन्दा बाहेकको लुगा नलगाउन दवाव दिने गरेको आमा सकुन्तलाले बताइन् । नेहाकी आमा अब छोरीको न्यायका लागि कानुनी ल डा इ मा छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…