• वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।

    \आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले रासससँग गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

    भेटमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले राससले समयानूसार आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले प्रविधिको अधिकतम प्रयोग हुने वर्तमान समयमा सोहीअनुसार चल्नसके उपलब्धि हासिल हुने बताउनुभयो ।

    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पनि प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

    जनतालाई सुसूचित गराउने कार्यमा सरकारले राससलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

    भेटमा महाप्रबन्धक राईले राससले आगामी दिनमा भिडियो सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

    उहाँले राससले उपलब्ध गराउँदै आएको सेवालाई द्रुत र अझ विश्वसनीय बनाइने उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न आतुर रहेको धारणा राख्नुभयो ।

    भेटघाट कार्यक्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवालले राससले सम्पादन गर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।

    भेटमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, राससका संवाददाता प्रकाश सिलवाललगायतको सहाभागिता थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…