• क्वालालम्पुर- गैर आवासिय नेपाली संघ मलेशियाको अधिबेशन सम्योजक समिती द्वारा कोभिड-१९ का कारण मृत्यु भएका जनक बमको आत्मको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरेको छ।

    सुदुर पश्चिम प्रदेश दार्चुला जिल्ला दुहु गाउँपालिका स्थायीबासी बम बिगत लामो समय देखि मलेसियामा व्यवसाय गर्दै आएका एक इमानदार ब्यावसायी थिए। समाजसेवी भावना भएका जनक बम गैर आवासीय नेपाली संघ मलेशियाको २०१९-२०२१ कार्यसमितिका केन्द्रीय सदस्य हुन।

    मृतक बम गत जुन १ देखि कोरोना संक्रमित भई गैर आवासीय नेपाली संघका केन्द्रीय सदस्य हरुको प्रत्यक्ष सहयोगमा अस्पतालमा उपचारत थिए। उनको जीवनरक्षाको निम्ति संघका सदस्यहरुको प्रत्यक्ष सहयोग र डाक्टरहरुको भरपुर प्रयासको बाबजुद पनि तत्कालीन केन्द्रिय सदस्य बमलाई बचाउन नसकेको प्रती संघले दु:ख व्यक्त गरेको छ।

    यश संगै गैर आवासिय नेपाली संघ मलेशियाले सहयोगी भावना भएका एक होनहार सदस्य गुमाएको छ। जुलाई १५ गते अपरान्ह ६ बजे यस अस्पताल सैयामै मृत्युवरण गरेका जनक बमको पार्थिब शरीर कोरोना महामारीका कारण शब नेपाल पठाउन नमिल्ने भएपछी हिन्दु परम्परा अनुसार मंगलबार मलेसियामै अन्त्यष्टी गरिएको हो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…