• मोरङ । अश्लिल भिडियो देखाउदै १३ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत आँखा डाक्टर राजेश साहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पथरी बीपी चोक स्थित दृष्टि चस्मा घरमा कार्यरत २८ बर्षिय राजेश साहा र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहाले १३ बर्षिय बालिकालाई अश्लिल भिडियोहरु देखाउदै जबरजस्ति करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 
    साहाले बलत्कार गर्न थालेपछि बालिका दिनदिनै नियउरो हुने र अप्ठेरो गरी हिड्न थालेपछि अभिभावकले सोधखोज गर्दा जबरजस्ति करणीमा परेको घट्ना खुलेको थियो । 

    बालिकाले सो कुरा परिवारमा भनेपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रण रहेको साहा विरुद्ध जबरजस्ति करणी सम्बन्धी मुद्धा दर्ता गरेर कारबाही थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । 

    सप्तरी जिल्ला स्थायी घर भएका २८ बर्षिय साहाले आफूलाई आँखाको डाक्टर भन्ने गरेपनि सो स्तरको स्वास्थ्य कर्मी हो, होइन प्रमाण पत्र मगाउने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीमा मुद्धा साखामा कार्यरत प्रहरी नायव निरीक्षक गिरीराज खड्काले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…