• जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि थप गरेको छ । खुकुलो प्रावधानसहित मङ्गलबारबाट सात दिनका लागि निषेधाज्ञा अवधि थप गरेको हो । 
    थप गरिएको अवधिमा सार्वजनिक र निजी सवारी सञ्चालन खुला गरिएको छ । बजार पसल पनि दिनभर खुला गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । यसअघि निजी सवारीलाई जोरबिजोर नम्बरका आधारमा खुला गरिएकाे थियो । मङ्गलबारबाट सार्वजनिक यातायातका साधन पनि जोरबिजोरका आधारमा खुला गरिएको  उनले बताए । सवारीसाधन जिल्लाभर मात्रै सञ्चालन हुन पाउनेछन् ।  लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । 
    ‘सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिने निर्णय भएकाे छ,’ उनले भने, ‘बजार पसल पनि बेलुका ६ बजेसम्म खुला गर्ने निर्णय भयो ।’ 
    कोरोना सङ्क्रमण दर घट्दै गएका कारण निषेधाज्ञाको प्रावधान खुकुलो बनाइएको उनले बताए । होटल सञ्चालन गर्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए । एक सातापछि निषेधाज्ञा हट्ने उनले बताए ।

सम्वन्धित समाचार

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…