• मोरङको कानेपोखरीमा पाँच दिने आधारभूत पत्रकारिता तालिम शुरु

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाल आदिबासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको आयोजनामा मंगलबारदेखि पाँच दिने आधारभूत पत्रकारिता तथा उद्घोषण कला तालिम सुरु भएको छ । 

    महासंघको कानेपोखरी समन्वय समितिको अध्यक्ष भोजवीर माझीको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नवीन राई, राजवंशी सेवा समाजको मनोज राजवंशी, धिमाल जाति विकास केन्द्रका कानेपोखरी अध्यक्ष प्रकाश धिमाल लगायतले शुभकामना दिएका थिए । 

    असार १५ देखि पाँच दिनसम्म चल्ने तालिमको सहजिकरण नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई र निगरानी टाइम्स अनलाइनका कार्यकारी सम्पादक उत्तम राई र उद्घोषण सम्बन्धी तालिम सञ्जु राईले गरिरहेका छन् । कार्यक्रममा कानेपोखरीका २१ जना सहभागि रहेको तालिम संयोजक दिनेश सुब्बाले बताए । 

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…