• क्वालालम्पुर- गैर आवासीय नेपाली संघ, मलेशियाले कोभिड-१९ बिरामिहरुका लागि सङ्कलन गरेको रकम बिहीवार केन्द्रिय समिती लाई पठाएको छ। सङ्क्रमित बिरामिहरुका लागि स्वास्थ सामाग्री खरिद गरि नेपाल पठाउने योजनाले आर्थिक सहयोग अभियान सन्चालन गरेको थियो।

    हाल मलेशियामा पनि कोभिड-१९ को कारण लकडाउन चलिरहेको अवस्था छ। सामान खरिद गर्न सम्भब नभए पछी" जहाँ बाट सामान ल्याउन सजिलो पर्छ सोही देशबाट सामान ल्याएर नेपालका सातै प्रदेशमा स्वास्थ सामाग्री बितरण गर्ने जिम्मा केन्द्र लाई दिने निर्णय गैर आवासीय नेपाली संघ मलेशिया कार्यसमितिले गरे बमोजिम उक्त रकम केन्द्रिय समिति लाई पठाईएको हो।

    नेपालमा तिब्र गतिमा कोभिड-१९ संक्रमण दर वृद्धि हुँदै गएपछि संघले अक्सिजन, भ्याक्सिन, लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न भनेर आर्थिक सहयोग सङ्कलन अभियान सन्चालन गरेको थियो। उक्त अभियान बाट सङकलित रकम गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यलय काठमाडौमा च्यारिटी फन्डको खाता मार्फत मलेसियन रिङ्गिट १,०१,९४२ नेपालि (रु. २८,७६, १५४.५५) पठाई सकिएको जानकारी संघका कोषाध्यक्ष कृष्ण नेपालले जानकारी दिए।

    आर्थिक शङ्कलन अभियान मार्फत एनसिसी समिति मलेशियाको बचत खाताबाट १०,००० मलेसियन रिङ्गिट र बाकी रकम अन्य कम्पनिमा कार्यरत श्रमिकहरु बाट सहयोग प्राप्त भएको संघले बिज्ञप्तीमा जनाएको छ। '‘नेपालमा स्वास्थ सामाग्री पठाऔँ,र नेपालमा हुनुहुने सम्पुर्ण को जीवन बचाऔँ " भन्ने मुल नाराको साथ मिति १७ मे २०२१ मा नेपाली राजदूतावासको प्रमुख आथित्यता र मलेशियामा रहेका विभिन्न संघ सस्था तथा बुद्धिजीवी बर्गका ब्याक्तित्वहरु बिच कार्यक्रम गरि गैर आवासीय नेपाली संघ मलेशियाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको थियो।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…