• बुधराज लिम्बू योङ्हाङ, इलाम ।
    अनेरास्ववियुले आइतबार माइ नगरपालिका लाई ज्ञापनपत्र बुझाएको छ। स्थानीय सरकारले माइ नगर पालिकामा स्नातक तह सम्मको पढाइ नि:शुल्क गर्न माग गरेको हो।

    स्ववियु माई नगर कमटीका संयोजक पुस्प चापागाईंका अनुसार अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा माइ न पा: मा केही बिधालयहरुमा शुद्ध पिउने पानी राम्रो शौचालय नभएकोले सो समस्याको तत्काल समाधान गर्नुपर्ने माग राखेको छ।

    उक्त समस्या तत्काल समाधान गर्न अनेरास्ववियुले सुझाव समेत दिएको माइ नगर कमिटीका सह; संयोजक पम्फा राईले जानकारी दिईन।अनेरास्ववियु माइ नगर कमिटीले ज्ञापनपत्र बुझाउदै नगरपालिकामा स्नातक तह सम्मको अध्यापन नि:शुल्क हुनु पर्ने र सामुदायिक विध्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ अनिवार्य रुपमा निशुल्क स्वास्थ्य विमा गरिनु पर्ने जस्ता महत्त्वपूर्ण मागहरु अघि सारिएको छ।

    माइ नगरपालिका अनेरास्ववियुको इन्चार्ज तथा जिल्ला कार्यालय सदस्य गोपाल आचर्यका अनुसार, ज्ञापनपत्र ग्रहण पछि नगरपालिकाको तर्फबाट मेयर दिपक कुमार थेबेले आफ्नो धारणा राख्दै, अनेरास्ववियुले राखेको माग प्रति नगरपालिको ध्यानकर्षण भएको र सो समस्याहरुको हल गर्न श्रोत र साधनले भ्याए सम्म निरन्तर लाग्ने बच्चन दिएको बताए ।

    भने आगामी ०७८/०७९ बजेटमा अनेरास्ववियुले राखेको मागको सम्बोधन गर्ने प्रतिबद्धता समेत नगर प्रमुख दिपक थेबेले ब्यक्त गरेका छन्।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…