• उर्लाबारी

    सुन्सरीको धरान सर्दु र सेउती खोलाको दोभानबाट बालुवागीटि अत्याधिक उत्खनन भयो भन्दै स्थानियले रोक लागउन खोज्दा स्थानिय र अपरिचत हुल बिच झडप भएको छ ।

     
    गत बिहिबार २६ गते उत्खनन स्थलमै स्थानिय र अपरिचत ६÷७ वटा बइकमा आएको एक हुलले स्थानियमाथी कुटपिट भएको हो । झडपमा प्रहरी नभई अपरिचित व्यक्तिहरुबाट स्थानिय कुटाकुट भएको पिडित पक्षले जानकारी गराए । नगरपालिकाले ठेक्कापट्टा लागेको र कामभैरहेको ठाउमा ठेकेदार र मज्दुरमाथी स्थानियले रोक लगाउन खोजेपछि स्यानिय बिचमै झडप भएको, कुटाइखाने पाँच जनालाई अभद्र व्यबाहार कसुरमा मुद्दा परेको, पाँचजनालाई जिल्ला प्रहरी कार्यालय इनरुवामा जिम्मालगाइएको, कुटाइ खाने र कुट्ने व्यक्तिहरुमाथी पनि अनुसन्धान हुने इलका प्रहरी कार्यालय धरानले जानकारी दिए । सरकारले टेन्डर खुलाएर नै काम भएको हो, वडा, वडा टोल समिति बैठकबसी सबै प्रकृया पु¥याएरै काम सुरु गरेको, ती स्थानिय हैनन हर्क साम्पाङ लगायतका केही व्यक्तिहरुबाट काम रोक्ने कार्य भएको देखिन्छ, कुटपिट भएको छ भन्ने थाहा नभएको धरान उप–महानगरपालिकाका मेयर तिलक राईले जानकारी दिनुभयो । 


    यता कुटाइखानेका परिवार र स्थानियले बिना सर्त रिहाइको मागगरी २७ गते बिहानैदेखि इलाका प्रहरी कार्यालय अगाडी भेला भएका थिए । स्थानीय भन्छन हामीलाई केही जानकारी छैन, के हामीले बाच्ने अधिकार छैन, यसरी उत्खनन हुदा भोली समस्या आइपर्दैन, निकायले सुरक्षाको अनुभुति दिलाउनु पर्यो, सरकारी हो भन्दै जेपनि गर्न पाइने, एक अर्कामा जुदाइरहने यसको सबै जिम्मेबारी नगर प्रमुखले लिनुपर्छ भन्दै आक्रोस पोखे ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…