• ष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने भन्दै पूर्व चेतावनी दिएको छ ।

    प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलका अनुसार अघिल्लो वर्षकोभन्दा यो वर्ष धेरै वर्षा हुने भएकाले बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने छ ।

    उहाँले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानमा यो वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाइएको छ ।

    अघिल्लो वर्ष कम पानी परेको अवस्थामा समेत बाढी र पहिरोका धेरै घटना भएका थिए । तर यो वर्ष प्राधिकरणले विपतको घटना कहालीलाग्दो हुनसक्ने पूर्वानुमान गरेको छ ।

    डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंशलगायतका समस्याले १ सय २० दिनसम्म पिरोल्ने भएकाले विपत्बाट बच्न पूर्वतयारी आवश्यक रहेको समेत बताउनुभयो । जोखिमका बस्तीहरुलाई अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्न उहाँले सुझाउनु भएको छ ।

    उहाँले विपत्बाट बच्न र जानकारी प्राप्त गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्राधिकरणले प्रेषित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न समेत आग्रह गर्नुभएको छ ।

     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…