• निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ ।

    सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति

    दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

    ‘‘निषेधाज्ञाको समयमा तरकारी बजारमा धेरै भिडभाड बढेपछि हामीले किसान तथा खुद्रा बजार बन्द गरेका थियौँ ।

    दुई वटा बजार बन्द गरेपनि थोक बजारमा भिड कम नभएपछि जोरबिजोर प्रणाली लागू गरेका हौँै’’, उहाँले भन्नुभयो ।

    तरकारी लिन जाने गाडी बिहान ८ बजेभित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उहाँले जानकारी दिनुभयो । थोक बजारमा अहिले झण्डै ४०० जना व्यापारीले व्यापार गर्दै आएका छन् ।

    यस्तै अहिले दैनिक साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ । यसअघि दैनिक ९०० टनसम्म तरकारी आउने गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…