•  

    बुधबार र बिहीबारको भूकम्पको धक्काबाट घर भत्किएका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले पाल, त्रिपाल र आर्थिक सहयोग गरेको छ ।

    बेँसीशहर नगरपालिका वडा नं ११ चिती र दोर्दी गाउँपालिका वडा नंं ८ बन्सारका बासिन्दालाई उक्त सहयोग गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङका प्रमुख सूर्यप्रसाद शर्मालगायतको टोलीले

    अनुगमन गर्दै भूकम्पपीडितलाई उक्त सामग्री हस्तान्तरण गरेको छ ।

    मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुलभुले केन्द्रविन्दु बनाई बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    सोयता पटक पटक गएको भूकम्पको धक्काले जिल्लाका २०८ घरमा क्षति पुगेको जिप्रकाले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    हालसम्म पनि पटकपटक भूकम्पको धक्का जारी छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…