• काठमाडौँ । परराष्ट्र मन्त्रालयले ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

    प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ ।

    कुन देशमा को  ? हेर्नुहोस् सूची
    १.सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)
    २. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
    ३. सुमित्रा सुवेदी (डेनमार्क)
    ४. जंगवहादुर चौहान (रूस)
    ५. मेराज मुसलमान (साउदी अरेबिया)
    ६. युवराज कार्की (बहराइन)
    ७. रमेशचन्द्र पौडेल (श्रीलंका)
    ८.निर्मलराज काफ्ले (अष्ट्रिया)
    ९. कुलप्रसाद नेपाल (ब्राजिल)
    १०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
    ११. नारायणप्रसाद संग्रौला (बर्मा)

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…