•  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

    राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

    देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ।

    यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो।

    कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्।

    साझा गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको छ। बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…