• काठमाडौं, बैशाख २२ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत् सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ जनाको परीक्षण गरिएकोमा २३ हजार ७१३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँले पछिल्लो चौबीस घण्टामा ६१६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५४ जनामा पोजेटिभ पाइएको बताउनुभयो । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ५९ हजार ६६० पुगेको छ ।


    प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने दर ८०.६ प्रतिशत पुगेको छ ।
     

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…