• विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।

    पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिनअगाडि घोषणा गरेको हो ।

    तारविहीन प्रणालीमार्फत् एन्ड्रोएड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्वसूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् ।

    विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

    भूकम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुँदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ ।

    मोवाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोहीअनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ । यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ ।

    अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन् । विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ ।घटना र विचार,

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…