• झापा : मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको छ। सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।


    उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकाले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो। आगो नियन्त्रणका लागि झापा र मोरङका गरी आठवटा दमकल आएका थिए। आगो नियन्त्रणमा दमकलका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी परिचालन गरी नियन्त्रण प्रयास भइरहेको डिएसपी थापाले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ।  

    आगलागीबाट करिब १० करोड रुपैयाँभन्दा बढी क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा आगलागी भएको छ। आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको छ।

    उद्योगी पराजुलीले भारतबाट आयातित कोइलामा आत्मनिर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायो मास ब्रिकेट उद्योगको २०७५ फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…