• काभ्रे । जिल्लाको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

    पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

    कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए । संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अरु सबै होम आइसोलेशनमा छन् ।

    संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समुहसम्मका छन् ।

     

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…