• तस्बीर: आगलागी सवारी

    जनकपुर - प्रदेश नम्बर २ काे राजधानी जनकपुरधाममा चलिरहेको गाडीमा अचानक आगलागी भएको छ । अहिले भरखरै साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित गुडिरहेको गाडीमा अचानक आगो लागेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानविय क्षति हुनबाट जोगिएपनि गाडी पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेट पश्चात आगो नियन्त्रणमा आइसकेको छ । क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन् ।

    जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएकाे छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…