• काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको हेरफेरको तयारी गरेका छन् । लामो समयदेखि मन्त्रालय सम्हालेका केही मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एमाले निकट स्रोतको भनाई छ ।

    प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित केही मन्त्रीहरुलाई हटाउन लागेको स्रोतको भनाई छ । बादलको सट्टामा एमालेबाट प्रत्यक्ष निर्वाचन जितेका नवराज सिलवाललाई गृहको जिम्मेवारी दिने तयारी गरिएको स्रोतको दावी छ ।

    नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका बादलको राष्ट्रिय सदस्य खोस्नको लागि माओवादीले राष्ट्रियसभा सचिवालयमा पत्राचार गरेको छ । त्यसअर्थमा यदी ओली नेतृत्वको सरकार रहिरहेको खण्डमा बादल ६ महिनाको लागि मात्रै गृहको जिम्मेवारीमा हुनेछन् । ओलीले बादललाई संगठन बिस्तारमा खटाएर उनको सट्टामा सिलवाललाई ल्याउन लागिएको स्रोतको भनाई छ । ओलीले बादललाई एमालेको बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।

    नेपाल प्रहरीको पूर्व डीआईजी सिलवाल २०७४ को असार तेस्रो साता नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले‍का अध्यक्ष ओलीले सिलवाललाई राजधानीमा भएको एक कार्यक्रमकाबीच टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…