• मोरङ । मोरङको लेटाङ नगरपालिका–९ का रविन चेम्जोङ लिम्बूको आज राति मोटरसाइकल दुर्घट्नामा परी मृत्यु भएको छ । 

    जाँते स्थित पारुहाङ्ग चोक नजिकै राति करिव साढे १२ बजे मे ९ प ९५१ नम्बरको बुलेट मोटारसाइकल दुर्घट्ना हुँदा लिम्बूको मृत्यु भएको हो । 

    पूर्ब दिशा जाँदै गरेको लिम्बू सडकमा लढेको अवस्थामा स्थानीय बासीले फेला पारी बिराटनगर स्थित विराट नर्सिङ होम पठाइएको थियो । अस्पताल पुग्दा लिम्बूको मृत्यु भइसकेको जाँते प्रहरी चौकीका प्रमुख असई हरीप्रसाद खड्काले जानकारी दिए । 

    रबिन चेम्जोङ राजनीतिक तथा ब्यावसाियक ब्यक्ति थिए । लामो समय संघीय लिम्बुवान मञ्चमा राजनीतिक गरेका लिम्बू करिब एक बर्ष अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी कांग्रेसको आमन्त्रित मोरङ जिल्ला समिति सदस्य रहेका थिए । 

    यस अघि कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्च सम्बद्ध युवा संगठन लिम्बुवान भोलेन्टियर (एल.भी.)को केन्द्रीय उपकमाण्डरहुँदै पार्टी केन्द्रीय सदस्यसम्म भएका काम गरेका थिए । लिम्बू होटल तथा निर्माण ब्यवसायि हुन । 

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…