• काठमाडौं, २८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राज्यसत्ता कब्जा गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले राज्यका मुख्य अङ्गहरुमा कब्जा जमाएर सत्ता कब्जाको नियतले ओलीले काम गरिरहेको आरोप लगाएका हुन् 


    ‘राज्यका अङ्गहरुमा कब्जा जमाउने र राज्यसत्ता कब्जा जमाउने नियतले सबै गतिविधि भइरहेका छन्,’आज राजधानीमा नेपाल राष्ट्र कर्मचारी संगठनको चौंथो केन्द्रीय परिषदलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘देश सेटिङमा चलाउन खोजिएको छ, त्यो क कस्को छ बुझ्नुभएको होला ।’

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएको विषय उल्लेख गर्दै उनले जर्बजस्ती डिभोर्स गराइएको टिप्पणी गरे । उनले कहीं नहुने गतिविधि नेपालमा भइरहेको तर्क गरे ।


    प्रचण्डले देशमा अर्को विद्रोहको सम्भावना औल्याए । देशमा फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउने उनको भनाई थियो ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…