•  काठमाडौं, १४ फागुन । राष्ट्रियसभा र प्रतिनिधिसभाको हल, मेच, साउण्ड सिस्टम र माइक व्यवस्थापनमा करोडौंको भ्रष्टाचार भएको समाचार छ ।

    स्रोतका अनुसार लागतभन्दा अधिक मूल्यमा सामान किन्ने, फिटिङ गर्ने र हतार भो भन्दै सार्वजनिक खरिद नियमावलीसमेत उल्लंघन गरेर खर्च गरिएको छ ।

    राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक व्यवस्थापनमा जुन भ्रष्टाचार भएको छ, त्यो हेर्ने निकाय कुन हो ?
    यतिमात्र होइन, राष्ट्रिय सभाको साउण्ड सिस्टम फिट गर्ने ठेकेदारलाई अग्रिम रुपमा लाखौं रकम कमिशन माग गर्दा होहल्ला नै भएको छ ।

    टेण्डर प्रक्रिया त गरियो तर संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका उच्चाधिकारीले लाखौं रकम कमिशन पहिले नै चाहिन्छ भनेको सूचना लिक भएपछि सभासदहरु नै चकित परेका छन् ।

    खरिद सहसचिव राजेन्द्र पाण्डे र उनका मातहतका कर्मचारीले कमिशन मागेको ठेकेदार लोटस इन्टरप्राइजेजले खुलेआम बताइदिएका छन् । कसले कारवाही गर्ने ?

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

रसिलो सिकुटी किन्न, खान कहाँ जाने ? पथरी ढुङ्गामा सेकाएको बंगुरको सेकुवा खान कहाँ जाने ? पथरीको सिरि…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…