• काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए । उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो, कोरोना त्यहिँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’


    नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ‘अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्ट भित्र परियो भने गैगयो नी । त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’


    आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए । उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनि आएका छन् । आफ्नो कुरा गर्नुनी भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँगै आएर मैले राजनीतिको के भन्ने सङ्गठनात्मक कुरा बताउने की, राजनीतिका दाउपेचका छन् नी हामी यहाँ छौं वाला कुरा बताउने की ? के बताउने, तपाईंहरुलाई लड्डु खान सिकाउने की ? राजनीति के चाहिं गर्ने, तपाईहरुसँग त बिजनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ । अब कोभिड १९ छ कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ ? कोभिड–१९ ले देश आक्रामक छ । भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नु परेन । प्रधानमन्त्रीले पनि कोभिडलाई लखटेछ ।’


    फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताए । यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…