• काठमाडौं, २१ चैत्र । डल्लुस्थित निवासमै भेट्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले दुई घन्टा छलफल गरे । भण्डारी वामपन्थी नेतृत्वको सरकार बचाउन अन्तिम प्रयासका साथ डल्लु पुगेकी थिइन् । जहाँ उनले विभिन्न विकल्पमा छलफल गरेको बुझिएको छ ।


    सबैलाई एक कदम पछाडि हटेर सहमति निकाल्न सकिनेबारे भण्डारीले कुराकानी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । जवाफमा खनालले आफू पुरानै अडानमा कायमै रहेको स्पष्ट पारेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबाट मार्ग खोल्न सकिने बताएका थिए ।

    एमालेभित्र माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुमाथिको कारबाही फिर्ता गरेर अगाडि बढ्ने विकल्पबारे पनि कुराकानी भएको बुझिएको छ । कारबाही फिर्ता गरेर एमाले एकतावद्ध हुने र वामपन्थी नेतृत्वको सरकारलाई नै कायमै राख्नेबारे छलफल भएको विश्वस्त स्रोतले बताएको छ ।


    खनाललाई वामपन्थी एकताका लागि भूमिका खेलिदिन समेत भण्डारीले आग्रह गरेकी थिइन् । जवाफमा खनालले पुरानै अडान दोहोर्याउँदै ओलीको राजीनामाबाट मार्ग खोलौं भन्ने जवाफ दिएका थिए ।

    एमालेभित्र माधव नेपाल र उनीनिकटस्थलाई कारबाही गरिएपनि ओलीले खनाललाई कारबाही गरेका छैनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…