• काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।

    उहाँका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।
     

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…