• काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ईतिहासको कठघरामा उभिएका प्रधानमन्त्री केपी ओलीको लागि कुनैसमयमा दुई थोपा आशु चुहाउने मान्छे पनि नहुने दाबी गर्नुभएको छ ।  

    चैत्र ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भन्नुभयो अध्यक्ष  तथा प्रधानमन्त्री ओली ईतिहासको कठघराका उभिएको र जबाफ दिन नसक्दा कठोर कारबाही हुने भन्दै त्यसबेला दुई थोपा आशु चुहाउने पनि कोहि नहुने दाबी गर्नुभयो । 

    आफू पक्षीय भेलमा गएकाहरु लाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी प्रति सचिव भट्टराईले भन्नुभयो आबेग र उत्तेजनाले दूर्घटना तीर जान्छ , कारबाहीको धम्कि काम छैन,  एक पछि अर्को कारबाही भोग्न लामबद्ध छौ । 

    सचिब भट्टराईले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्गको बहिनीको भनाई उद्दरण गदैं भन्नुभयो उनले चार बर्ष ब्हाईट हाउसमा बस्ने हो भने बारुद्धको गन्ध नफैलाउन अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिएजस्तै प्रधानमन्त्री ओली पनि दुई बर्ष बालुवाटारमा चुप लागेर बसेर हुन्छ, बारुदको गन्ध फैलाउने कुर स्वीकार्य हुदैन । उहाले भन्नुभयो तपाईको हात बाट यो पार्टी क्षत बिक्षत हुने छैन नयाँ पुस्तालाई सग्लो पार्टी हस्तान्तरण गरौ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…