• काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतवार बम विष्फोट भएको छ । बम विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भीर घाइते भएका छन् भने अरु ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उदिप राज भण्डारीले लोकपथलाई जानकारी दिए ।

    घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए ।

    ‘घटना कसले गराएको हो भन्ने विषय खुलिसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ ।’ एसपी भण्डारीले भने ।

    मध्यान्न करिब १२ : ४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…