• काठमाडौं । प्रधानमन्त्री ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

    प्रधानमन्त्री ओलीले आइतवार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाए ।

    प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु भएको छ । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिने बेलासम्म कुनै साइड इफेक्ट नदेखिएको र असर नदेखिने विश्वास व्यक्त गरे ।

    सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियान सफल पार्न उनले आव्हान समेत गरे । कोभिड विरुद्धको खोप सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन उहाँले सबैलाई आग्रह पनि गरे । उनले भने – ‘मैले कोभिडको भ्याक्सिन लगाएँ र अहिलेसम्म त्यस्तो साइड इफेक्ट केही पनि देखिएको छैन । हुँदैन होला भन्ने लागेको छ । म सबैलाई आग्रह गर्न चाहान्छु की कोभिड १९ विरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको छ । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रो अभियानलाई सफल पारौ भन्ने म आग्रह गर्न चाहान्छु । यसबाट आत्तिनुपर्ने कुरा केही छैन । कसैलाई कुनै नोक्सान अहिलेसम्म त्यस्तो भएको छैन । कहिले कहिले एकदुई जना, दुईचार जनालाई केही देखिएको होला लाखौमा तर यो सुरक्षित छ । यसमा ढुक्कले भ्याक्सिन लगाउनु भए हुन्छ । म सबैलाई आब्हान गर्छु ।’

    आइतवार देखि दोस्रो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउन शुरु गरिएको छ ।

    यो अभियान अन्र्तगत करिब १८ लाख जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका निम्ति देशैभरी करिब ६ हजार खोप केन्द्रहरुमा १५ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…