• काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्। 


    ओलीले केही बेर अघि शिक्षण अस्पताल पुगेर खोप लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 


    ओलीले  खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु हुने भएको छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ। अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए।  

    सरकारले करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य राखेको छ। दोस्रो चरणमा सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ। यसैबीच नेपालमा कोभ्याक्स अन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आजै आउदै छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताएका छन्।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…