• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको कुरा चल्दा आफ्नो कपाल कालै रहेको बताएका छन् । शनिबार बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मेरो कपाल कालै थियो मेलम्चीको कुरा चल्दा,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बनिसक्दा कतै कालो रहेन । यो हाम्रो लामो र ठूलो सपना थियो ।’

    यस्तै ओलीले अब बागमती पनि सफा हुने बताएका छन् । ‘धेरै वर्ष बागमती सफाइ अभियान चले,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब सफाइ अभियानलाई यसले पनि सघाउनेछ ।’ २७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइने बताएका प्रधानमन्त्री ओलीले थपेका छन्, ‘प्रतिक्षा गर्नुस् । २७ गतेको शिवरात्रीमा तपाईँले दुर्गन्धित पानीले नहाउन पर्दैन । सफा पानी आउँछ । किनकी, मेलम्चीको यो पानी अब बागमतीको बाटो हुँदै बग्छ ।’

    कसैले काम गर्न नदिएपनि आफूले कामको ‘स्पीरिट्’लाई सन्तुलनमा राखेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कामहरु भएका भएकै छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो काममा ध्यान छ । हामी अरुले जस्तो आलोचना मात्रै गर्दैनौँ ।’

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…