• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय तत्वले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको भन्दै ढाल्न खोजेको आरोप लगाएका छन् ।

    शनिबार बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘कामहरु भएका भएकै छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘केही तत्वहरु सरकारको काम देखेर अत्तालिएका छन् । मलाई हटाउन लागिपरेका छन् ।’
    विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति कटाक्ष गर्दै बोलेका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रै पार्टीको प्रत्यक्षमा ११६ सिट आएको छ । तर, कोही–कोही चाहिँ सानो पार्टी गुहार्दैछन् सरकारलाई ढालिहाल्नुपर्यो भनेर । सरकारकाले कामले कतिपयलाई पोलेको छ ।’

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…