• ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेको बताएका छन्। 

    प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र प्रचण्ढ–माधवले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको बताएका हुन्।

    ‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ नेता भट्टराईले भने, ‘तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ।’

    एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद त्याग्नुपर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्नुपर्ने बताए। पार्टीका जो कोही प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री बनाउने सर्तमा पार्टी एक हुने सम्भावना रहेको उनले बताए।

    ‘प्रधामन्त्री केपी ओलीलाई मेरो अनुरोध छ कि तपाईले ईतिहासमा एउटा निर्णय लिनै पर्छ,’ नेता भट्टराईले भने, ‘त्यो निर्णय तपाईका लागि कठोर हुन सक्छ। तर मुलुकका लागि प्रिय हुन सक्छ। आफ्नालाई कठोर र मुलुकका निम्ति प्रिय हुने निर्णयका लागि लागि तपाईले पद त्याग गर्नुपर्छ। त्यो काम गर्नुहोस र त्यसपछि एकताको प्रकृया सुरु हुन्छ र नयाँ सम्भावना हामी खोज्छौ।’

    ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरीक्षण तथा राहत वितरणका लागि गृह जिल्ला आएका हुन्। 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…