• काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभाजित भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ।


    ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली समूहले प्रमुख सचेतक गुरुङलाई हटाएर खोटाङका सांसद् विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेको हो।

    संसद् विघटन गर्नुभन्दा केही दिनअघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए। सर्वोच्च अदालतको फैसलाले संसद् पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको हो। ओलीले गुरुङलाई हटाएका हुन्।

    नेता गुरुङ नेकपाको बहुमत रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा छन्। नेकपाको बहुमत संसदीय दलको बैठकले यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…