• काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभाजित भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ।


    ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली समूहले प्रमुख सचेतक गुरुङलाई हटाएर खोटाङका सांसद् विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेको हो।

    संसद् विघटन गर्नुभन्दा केही दिनअघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए। सर्वोच्च अदालतको फैसलाले संसद् पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको हो। ओलीले गुरुङलाई हटाएका हुन्।

    नेता गुरुङ नेकपाको बहुमत रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा छन्। नेकपाको बहुमत संसदीय दलको बैठकले यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…