• २०७४ फाल्गुन ०५


    काठमाडौं   नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार छलफल हुने भएको छ।

    पार्टी एकताको टुंगो लगाउन दुवै पार्टीका अध्यक्ष एक्लाएक्लै छलफलमा जुट्न लागेका हुन्।

    छलफलको समय र स्थान भने तय भइनसकेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    'हिजो दुवै नेता अन्य कार्यक्रममा व्यस्त भएकाले छलफल हुन पाएन', उनले भने, 'पार्टी एकता प्रक्रियाका धेरै कुरा अाज दुई नेता मात्रै बसेर टुंग्याउनेछन्।

    '  दुई पार्टीबीच एकीकृत पार्टीमा पदीय भागवण्डाका साथै वैचारिक तथा सैद्धान्तिक विषयमा पनि कुरा मिलेको छैन ।

    पार्टी एकता प्रक्रिया नटुंगिएकाले माओवादी केन्द्रले सरकारमा मन्त्री पठाएको छैन ।

    माओवादीले मन्त्री, सभामुख, उपसभामुख राष्ट्रपति, उपराष्ट्रपतिलगायत सबै पदमा प्याकेजमा सहमति गर्ने बताउँदै आएको छ।

    प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले एक दुई दिनमै माओवादीसँग सहमति गरी सरकार विस्तारको तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …