• काठमाडौं, ४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको निकटस्थ स्रोतहरुले दावी गरेका छन् ।

    पार्टीभित्र अन्य आकाक्षी धेरै भएकाले उनीहरुमध्येबाट छान्नु भन्दा भण्डारीलाई नै पुनः दोहोर्याउनु उपयुक्त हुने निष्कर्षमा ओली पुगेको बालकोट स्रोतले बतायो ।

    ओलीले भण्डारीलाई दोहो¥याउनका लागि उनले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेको तर्क अघि सारेका छन् ।

    भण्डारी बाहेक एमालेमा राष्ट्रपति बन्नका लागि बरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ र माधवकुमार नेपालले चाहना देखाएका छन् ।

    खनालले त सार्वजनिक रुपमै राष्ट्रपतिका लागि इच्छा व्यक्त गरेका छन् । उनले एमालेसँगको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थन लिने प्रयाससमेत गरिरहेका  छन् ।

    दाहाललाई एकिकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने खनालको अभिव्यक्ति आफ्नो राष्ट्रपति बन्ने चहानासँग जोडिएर आएको एमाले नेताहरु बताउँछन् ।

    तर, एमालेको संस्थापन पक्ष खनाललाई राष्ट्रपति बनाउने पक्षमा देखिन्न । भण्डारी भने संविधान जारी भएपनि संक्रमणकालीन व्यवस्था अनुसार राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

    नयाँ संविधान अनुसार निर्वाचन भइसकेको अवस्थामा संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको निर्वाचन नभएसम्म उनको पदावधी रहनेछ । पदबाँडफाँड गर्दा माओवादीले पनि राष्ट्रपतिमा पाउनुपर्ने बताउँदै आएको थियो । तर अहिले भने माओवादी पछि हटेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…