• काठमाडौं। सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने आशा गरेका छन्।  शुक्रबार विहान प्रधानमन्त्री ओलीलाई बधाई दिन बालकोटस्थित उनको निवास पुगेका सर्वसाधारणले ओली नेतृत्वको सरकारले मुलुकमा दीगो शान्ति स्थापना गर्ने तथा जनताको चाहना अनुसार मुलुकलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरुले पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडानको खुलेर प्रशंशा समेत गरेका थिए।

    ओलीले प्रधानमन्त्रीको रुपमा २०७२ सालमा नौं महिला मुलुकको नेतृत्वको गर्दा भारतीय नाकाबन्दीको डटेर सामना गर्दै मुलुकको राष्ट्रियताको पक्षमा अडान लिएका थिए। बिहीबार पुनः मुलुकको प्रधानमन्त्री बनेका ओलीले मुलुकलाई स्वभामानका साथ अघि बढाउने सर्वसाधारणले विश्वास गरे। उनीहरुले ओलीले निर्वाचनको बेलामा समृद्धिको नारा दिएकै कारण आफूहरुले ओली नेतृत्वको बाम गठबन्धनलाई निर्वाचनमा विजयी गराएको स्मरण गराएका छन्। ओली राष्ट्रवादी नेता भएकाले अव विकास, निर्माणको कामले पनि तीव्रता पाउने उनीहरुको बुझाइ छ।

    मुलुकमा स्थायित्व कायम हुने र ओली नेतृत्वको सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने सर्वसाधारणको भनाइ छ।
    सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री ओलीले बोलेका कुरा अव गरेर देखाउने बेला आएको पनि बताएका छन्। एमाले अध्यक्ष ओलीले बाम गठबन्धन नेतृत्वलाई निर्वाचनमा विजयी गराए मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता जनतामाझ गरेका थिए। सर्वसाधारणले ओली आफ्ना ती भनाइलाई गराइमा रुपान्तरण गर्न अव सक्षम हुनेमा आशावादी छन्।

    ओलीका लागि जनताका अपेक्षालाई पूरा गरेर अघि बढनुको विकल्प नरहेको विश्लेषण पनि गर्न थालिएको छ। माओवादी केन्द्रसँग मिलेर सरकार बनाएका प्रधानमन्त्री ओलीले पनि बिहीबार साँझ पदभार ग्रहण गर्दै मुलुकमा शान्ति र समृद्ध स्थापना गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…