• काठमाडौं। भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।

    भारतीय विदेश मन्त्री स्वराज फर्केसँगै एमालेमा भाँडभैला मच्चिएको हो । ओली र ओली समुह माथि गम्भिर आरोप लगाको छ । ओलीले आफ्नो समुहलाईमात्रै स्वराजसँग भेटघाटमा अघि सारे पछि यस्तो स्थिती आएको हो ।

    दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले हिजो सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको थियो । उक्त डिनर मिटिङ पूर्व एमाले अध्यक्ष ओलीले स्वराजसँग करिब एक घण्टा वान टु वान भेटवार्ता गरेका थिए ।

    त्यसको लगत्तै अध्यक्षसहित एमाले नेताहरुले स्वराजसँग सामूहिक भेटवार्ता गरे । जसमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्बाङ्, सचिव प्रदिप ज्ञवाली, नेताहरु विष्णु रिमाल, डा.राजन भट्टराई र डा. युवराज खतिवडा सहभागी थिए ।

    स्वराजसँगको भेटवार्तामा आफू पक्षका एक जनालाई पनि सहभागी नगराईएको भन्दै नेताहरु खनाल र नेपालले तिव्र असन्तुष्टि पोखेको स्रोतको दाबी छ ।

    स्वराजले पनि अध्यक्ष ओलीलाई विशेष महत्व दिएर भेटवार्ता गरेकी थिईन् । उनले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि भेटेरै शुभकामना दिनका लागि पठाएको उल्लेख गर्दै ओलीलाई बधाई दिएकी छिन् ।

    काठमाडौं आएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेकी उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन ।

    त्यसक्रममा मन्त्री स्वराजले प्रधानमन्त्री मोदीले दुईपटक गरेको टेलिफोन वार्ताको प्रसंग कोट्याउँदै उनको सन्देश भेटेरै सुनाउन आएको बताएकी स्रोतको दाबी छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…