• विराटनगर । बलात्कार सम्बन्धी अदालतमा विचाराधिन मुद्दा मिलाउन भन्दै ७ लाख २५ हजार ठगी गरेको आरोपमा पक्राउ परेका एकजनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

     

    नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता गोपाल सेढाईसहित पाँचजना विरुद्ध परेको ठगी मुद्दामा पक्राउ परेका रंगेली नगरपालिका ३ का श्रीमत मरण्डीलाई जिल्ला अदालत मोरङका न्यायधिस राजेन्द्र अधिकारीको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

     

    ४ बैशाखमा थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
    सामुहिक बलात्कार सम्बन्धी मुद्दा मिलाउन भन्दै पैसा उठाएको अभियोगसहित नेविसंघ मोरङका निवर्तमान सभापति ४८ वर्षिय गोपाल सेढाईसहित रंगेली ३ का ५४ वर्षिय श्रीमत मरण्डी, ३८ वर्षिय नेत्र भट्टराई, मुन्सी टुडु र बिनोदकुमार मुर्मु विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।
    मरण्डी बाहेक अन्य चारजना फरार छन । जवरजस्ती करणी मुद्दाका ५ जना प्रतिवादीका अभिभावकसँग मुद्दा मिलाइदिने भन्दै ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।

सम्वन्धित समाचार

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…