• काठमाडौं, ८ बैशाख । पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने सरकारको निर्णयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिक्रिया जनाएको छ । कोरोनाभाइरस महामारी संकटबाट उक्सिने कुरा गर्न छाडेर पार्टी फुटाउने अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसले बेमौसमी बाजा नबजाउन आग्रह गरेको हो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्, ‘बेमौसमी बाजा´ नबजाऔं! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपालका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्, गौण रहनुपर्छ।’

    सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्ने शर्माको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

     

सम्वन्धित समाचार

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…