• दमक / नेपाल बिद्यार्थी संघ झापाले ताप्लेजुङ र पाँचथरका ३५ जना बिद्यार्थीहरुलाई बसको ब्यवस्था गरी घर पठाएको छ ।

    शुक्रबार दमक बहुमुखि क्याम्पस ,कनकाई क्याम्पस ,देबि क्याम्पस बिर्तामोड र त्रिदेव क्याम्पस चारआलीमा अध्ययनरत उनिहरुलाई जिल्ला प्रशाशन कार्यलय झापा मार्फत पासको ब्यवस्था गरी घर पठाइएको नेबिसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले जानकारी दिए ।

     

    त्यसका लागी नेविसंघ झापाका सभापति राजेन्द्र उप्रतीले काग्रेस झापाका सभापति उदव थापालाई आग्रह गरेपछि थापाले प्रजिअ उदय राना मगरलाई आग्रह गरेपछि उनिहरुलाई घर फर्काउन सफल भएको हो ।

    कोरोना भाईरस कोभिड १९ बाट बच्न सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका उनिहरुलाई शुक्रबार साँझ ७ बजे घर पठाइएको ढकालले बताए ।

     

    गत चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेपछि उनिहरु आफ्नो कोठामा बस्दै आएकोमा दैनिकी चलाउन अफ्ठयारो परी बिजोग भएर बसेका र उनीहरुको समस्यालाई बुझि नेबिसंघले घर पठाउने बतावरण तयार गरेको जिल्ला सदस्य अतित राईले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…