• काठमाडौं । राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ। ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका हुन्।

    निर्वाचन आयोगका अनुसार एमाले ६, कांग्रेस ५, माओवादी ३, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी (राजपा) का एक गरी १७ जना उम्मेदवार निर्विरोध भएका हुन्।

    प्रदेश नम्बर १ मा तीन, प्रदेश २ मा पाँच, प्रदेश ५ मा तीन र प्रदेश ७ मा ६ जना निर्विरोध भएका हुन्। प्रदेश नम्बर ३, ४ र ६ मा भने कुनै पनि उम्मेदवार निर्विरोध भएका छैनन्।

    यही हुन् निर्विरोध १७ उम्मेदवार

    प्रदेश १
    नैनकला ओझा (एमाले)
    बिना पोखरेल (माओवादी)
    सरिता प्रसाईं (कांग्रेस)

    प्रदेश २
    शशिकला दाहाल (माओवादी)
    मुक्ताकुमारी यादव (कांग्रेस)
    प्रमिला यादव (फोरम)
    रामप्रीत पासवा (फोरम)
    वेषशचन्द्र लाल (राजपा)

    प्रदेश ५
    कोमल वली (एमाले)
    मीना बुढा (एमाले)
    अनिता देवकोटा (कांग्रेस)

    प्रदेश ७ 
    शेरबहादुर कुँवर (एमाले)
    हरिराम चौधरी (माओवादी)
    बद्री पाण्डे (कांग्रेस)
    तारादेवी भट्ट (कांग्रेस)
    कमला ओली (एमाले)
    इन्दु कडेरिया विष्ट (एमाले) (अन्नपूर्ण पोष्ट दैनिक)






सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…