• गायिका योजना पुरी साँगीतिक क्षेत्रमा स्थापित नाम हो । गायन क्षेत्रमा निक्कै मेहनत अनि संघर्षका साथ स्थापित बन्दै गएकी योजनाको जन्म पुर्बको मोरङ्ग सुन्दर नगरी उर्लाबारीमा पोखरीवाध भन्ने ठाउँमा भएको हो । एक दशक अघि न्यु वे नामक एल्बमबाट साँगीतिक क्षेत्रमा प्रवेश गरेकी योजनाले यो यात्रामा थुप्रै आरोह अवरोहरु पार गरिन् । उनी सञ्चार क्षेत्रमा पनि जोडिएकी छिन् । गायनमा मात्र नभएर अभिनयमा समेत अब्बल पुरी सानैबाट गीत संगीतमा रुची राख्ने र यही रुचिलाई संघर्षपुर्ण रुपमा निरन्तरता दिएकै कारण यो अवस्थामा आईपुगेको बताउछिन् । २०६३ सालमा पुरीको पहिलो गीत दमकमा रेकर्ड भएको थियो । नेपाली संगीत र सञ्चार क्षेत्रलाई संगै अघि बढाई रहेकी पुरी आर्जे, भिजे समेत भएर कामगरकेो अनुभव mछ । रेडियो राजधानी, रेडियो अडियो जनता रेडियो हुदै अहिले ओएस नेपाल अनलाईनमा कार्यरत छिन् । सञ्चार क्षेत्रमै लागेको हुनाले आफ्नो कमर्सको पढाई छोडेर मास कम्युनिकेसनमा डिग्री गर्दैछिन् । उनीसँगको तेजन खड्काले गरेको कुराकानी

     तपाई कहाँ जन्मीनुुभयो ?
    मेरो जन्म पुर्बको मोरङ्ग सुन्दर नगरी उर्लाबारीमा भएको हो ।

     कस्तो परिवारमा ?
    मेरो परिवार मध्यम बर्गीयको म संयुत परिवारमा जन्मीएकी हु ।

     बाल्यकाल कसरी बित्यो ?
    मेरो बाल्य काल म सानै बाट केही गर्ने सोच बोकेकी फुच्ची थिए । सबैले हुनेबिरुवाको चिल्लो पात भन्नुहुन्थ्यो । घरधन्दा भाइबहिनी हेरचाह अनि पढाइ लेखाइमै बित्यो ।

     गायनमा कसरी आउनुभयो ?
    सानै देखी रुची अनि साथी भाइ आफ्न्त शिक्षकको तारिफले गायिका बनायो ।

     कति बर्ष जति भयो ?
    १० बर्ष भयो नी गितको सरुवात गरेको ।

    कस्ता गीत गाउँनुहुन्छ ?
    म रक देखी बाहेक सबै खाले गित गाउछु ।

    नेपाली साँगीतिक क्षेत्र कस्तो रहेछ त ?
    देख्दाको संगित श्रेत्र भन्दा यहाँ पसे पछि मात्र थाहा हुन्छ भने जति सजिलो छैन् ।

     हाल सम्म स्वदेश विदेश कहाँ कहाँ आफ्नो प्रस्तुति दिनुभयो ?
    म नेपालका धेरै भाग र बिदेश चााँही हङकङ र भारत गएकी छु ।
    घर परिवारमा को को हुनुहुन्छ ?
    म घरको जेठी छोरी दुइटा भाइ र ४ बहिनी छोरी हो हामी अनि ममी बाबा ।

     हाल सम्म तपाईका कति वटा एल्बम आए कुन कुन ?
    तीजको सहित गर्दा ४ ओटा भए ।

     नयाँ आउन लागेका केहि छन् कि ?
    नयाँ गिहरुको तयारी गदै छु ।

    गायन बाहेक अरु केही बन्ने सपना थियो की ?
    सपना असल नारी अनि कसैको लागी राम्रो काम पनि गरौ अनि गायिका बन्ने थियो पछि मिडियामा पनि जोडीकी छु । खुसी छु ।

    कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    प्रेरणाका स्रोतहरु धेरै हुनुहुन्छ । पहिला त आफुमा क्षमता पनि चाहिन्छ ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    सजिलो त केही नि छैन । सबैले सबै कामको लागी सर्घष गर्नु पर्छ मैले पनि गरैकी सर्घषको स्वरुप फेरिएला तर बाचुन जेल सबैले गर्नु पर्छ ।

     आफ्नै नजरमा योजना के हो र कोहो ?
     म एउटा कोमल मन भएकी सके सम्म अरुको आवश्कतालाइ बुझेर सहयोग गर्ने अनि आफुले बाँचेको जिन्दगीले अरुलाइ असर नपुयाउने केटी हु ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    जे गायिका संचारक्रमीकै रुपमा माया गर्नु भएको छ म यतिकै माया काफी छ ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
     मेहनती छु । सजिलै घुलमेल हुन्छु । सकरात्मक सोचाइ राखेर हिड्छु ।

     अनि कमजोर पक्ष चहि नी ?
    म पनि मान्छे म सगँ कमजोरी पनि छ , चाँडै रिसाउछु । सेन्सेटीभ छु ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    उ कसरी प्रस्तुत हुन्छ । कुरा गराइ हाउभाउ बिचार बाटनै य प्रति धारणा बनाउछु ।

     तपाईलाई कति खेर रिस उठ्छ ?
     नकरात्म कुराहरुले बढी रिस उठ्छ ।

     अनि कतिखेर भावुक हुनहुन्छ ?
     सानो सानो कुराहरुले भाबुक बनाउछ ।



     तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
    यो पनि रिस जस्तै हो नकरात्मक कुराले ।

    तपाई कतिको संयमित हुनुहुन्छ ?
     कोशिस गरिरा हुन्छु ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    सानो सानो कुरामा खुसी खोज्छु भेट्छु पनि कहिले मिठो गित सुन्दा खुसी हुन्छु । कहिले कसैलाइ गरेको सानो सहयोगले खुसी बनाउछ ।

     तपाईका दुःखहरु के हुन् ?
    सानै कुराले दखी बनाउछ तर आतिनु र मातिनु हुन्न भन्ने कुरालाइ आत्मासाथ गर्छु ।

     अनि तपाईको सुख चाहि नी ?

    मलाइ स्वतन्त्र जिबन जिउन मनपर्छ र मैले स्वतन्त्र पुर्बक बाँचिरहेकी भन्नाले मैले चााहे जस्तो जीवन ।

     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
    अहिले सम्म आएकै छैन् ।

     अनि खुसीको क्षण चहि नी ?
    खुसी हरेक कुरामा खोज्छु म तर ठुलो खुसी केलाइ भन्ने र मैले गरेमो कामले सानो सहयोगले कोही खुसी हुन्छ भने त्यहाँ भन्दा खुसी अरु कतै पाउदिन । यस्तोे खुसीहरु धेरै छन् ।

     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
    मेरो जन्मदिने आमा बिरामी भएर बिराट नर्सिङहोमको आइसियुमा राखेको पल पहिलो अप्ठेरो पिडा कसरी एयरपोट बाट कसले हस्पीटल पुगायो त्यो पनि थाहा छैन ।

     त्यसलाई के को बलमा पार गर्नुभयो ?
     त्यहाँ ४,५ दिन पछि अबस्था नर्मल भयो । सबै ठिक भयो ।

     अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    म एकदम चाडो निर्णय गर्छु पछुतो लाग्दै यदि काम भएन भने पनि त्यहाबाट सिक्छु सो सबै निर्णय सहि नै भनौ ।

     अनि गलत चहि नी ?
    गलत पनि लाग्छ कहिले काही तर त्यहा बाट सिक्ने होनीत ।

     सबैभन्दा पछुुतो लागेको क्षण ?
    छैन पछुतो लागेको तर कहिले काही प्याच नबोलेको भए हुने थियो लाग्छ ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    म एकदम चाँडो रुन्छु कहिले फिल्म हेरेर अनि कहिले अरुको दुखमा पनि रुन्छु ।

     अन्तिम पटक कहिले रुनुु भयो किन ?
    एकजना दिदिको जीवन सर्घष सुनेर बेसरी आँसु झरेको थियो एकसाता अघि हो क्यार तर नाम चाँही भन्दनि है उहाँको ।

     तपाईलाई कस्तो मान्छे म पर्छ ?
     मलाइ सकरात्मक सोचाइ भएका मान्छे मनपर्छ ।



     अनि कस्तो मन पर्दैन ?
    नकरात्मक सोचाइ भएका आफ्नो भन्दा हरुको बढी चासो राख्ने मान्छे मनदैन् ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    डवल रोल निभाउने मान्छे जता पनि ठिक पार्ने ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    आजभोली फुर्सद नै हुन्न भइहाले मा गित सुन्ने अनि घुमेर बिताइदिन्छु ।

     गायन बाहेक तपाईको रुचीको क्षेत्र ?
    मिडिया म्युजिक ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    मलाइ झमक घिमीरेको जीवन काँडाकी फुल मनपर्छ ।

     अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
    अहिले पुस्तक पढ्नै पाएको छैन तर राहित भण्डारी को पुस्तक साथमा छन् ।

     दोहोराएर पढ्नुु भएको पुुस्तक ?
    डाक्टर योगी बिकासन्न्दका पुस्तक पढेकी छु ।

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    मलाइ लभ स्टोरी र एतिहासिक फिल्म मनपर्छ ।

     तपाईलाई मनपर्ने फिल्म ?

    धेरै छन् म एउटा मात्र भन्न सक्दिन ।

     दोहोराएर हेर्नुभएको फिल्म ?
    टाइटनिक ।

     तपाईलाई म पर्ने हिरो हिरोइन ?

    आयुषमान प्रियंका कार्की ।

     तपाईलाई रुवाएको फिल्म ?
    म हरेक फिल्म हेर्दा रुन्छु ।

     मनपर्ने गायक–गायिका ?

    धरै हुनुहुन्छ ।

     मन पर्ने गीत ?

     धेरै छ मुडमा भर पर्छ ।

     

     आफुले गाएको सबैभन्दा मन परेको गीत ?

    आफ्नो सन्तान सबै प्यारो हुन्छ नी तर मनै त हो भन्ने सुन्नेको मनमा राज गर्छ ।

     मनपर्ने ठाउँ ?
    पोखरा

     मनपर्ने खाना ?
     नेपाली

     मनपर्ने पोसाक ?
     क्याजुल ।

     तपाईलाई मनपर्ने नेपालका नेता ?

    नाम भन्नै गा्रहो छ हजुर ।



     अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    बराक ओवामा

     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    म भन्न सक्दीन ।

     तपाईको आदर्श को हो, किन ?
    समय हो । समयभन्दा ज्यादा मलाई कसैले केही सिकाउन सकेन ।
     नेपालका मन पर्ने साहित्यकार ?
    लक्ष्मीप्रसाद देबकोटा ।

     आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
    छैन जे छु ठिक छु ।
     अनि यो समाजप्रति चहि नी ?
    आधुनिकरण भइरहरहेको छ भौतिक बिकाश सबैलाइ समान ब्यावाहार हरेको कामलाइ सम्मान गर्नु पर्छ समाज बने देश बन्छ ।
     जीवन के रहेछ ?
    जीवन बुझिनसक्नुको चोला हो सिक्दै जादा , भोग्दै जादा कति बेला जान्छ एकमुठीको सास थाहा छैन् ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    नयाँनयाँ गित ल्याउने अझै राम्रो काम गर्ने ।

     गायनमा लागेर के पाउनुभयो ?
    माया दर्शक स्रोताको माया ।

     अनि के गुमाउनु भयो ?
    गुमाएको केही छैन् ।

     गायन लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    अहिले बन्दै गएको छ ।

     यो क्षेत्रमा आउने नयाँलाई के सुझाप दिनुहुन्छ ?
    मेहनत , परिश्रम , अनुशासन सबै कुरा बोकेर आउनुहोस् यो क्षेत्र सुन्दर छ ।

     प्रस्तुति तेजन खड्का

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…